
गत वर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका रुसका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेपछि पुटिनको यस्तो प्रतिक्रिया आएको हो ।
अमेरिकाको यो सूची प्रतिबन्धसँग सम्बन्धित एक कानूनको हिस्सा हो, जसको उद्देश्य अमेरिकी राष्ट्रपति निर्वाचनमा कथित रुपमा गरिएको हस्तक्षेपका लागि सजाय दिनु हो । यो सूचीमा २१० रुसी नागरिकको नाम छ ।
यद्यपि अमेरिकाले यी २१० जनालाई नयाँ प्रतिबन्ध नलगाइने प्रष्ट पारेको छ ।
रुसी राष्ट्रपति पुटिनले भने, ‘यो मित्रवत काम होइन, यसले रुस र अमेरिकाबीचको सम्बन्ध अझ जटिल बनाउने छ ।’ तर यो विषयलाई आफू अझ अगाडि बढाउने पक्षमा नरहेको उनले बताए ।
उनले भने, ‘यो विषयको सट्टा रुसलाई आफ्नो पक्षमा र आफ्नो अर्थव्यवस्थामा ध्यान दिन जरुरी छ ।’ (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्