
काठमाडौं, मंसिर २२ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सेयरधनीलाई १८ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ ।
संस्थाको शनिबार राजधानीमा सम्पन्न १९औं वार्षिक साधारणसभाले ५ प्रतिशत सेयर र १३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको हो ।
संस्थाले गत आर्थिक वर्ष २०७४/७५ मा ९ करोड ८५ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको थियो ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत् गर्दै अध्यक्ष अमरदास श्रेष्ठले प्रतिकूल अवस्थाका बाबजुद् पनि संस्थाले उल्लेख्य प्रगति जारी राख्न सफल भएको बताए ।
प्रतिक्रिया दिनुहोस्