२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सुनको मूल्यमा २ सयले बृद्धि, चाँदीको मूल्य स्थिर


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर ५७ हजार २ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलाको ५७ हजारमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेर ७ सय ५५ मै कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रति औंस १३ सय ४६ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।