
देउवा सरकारले हालै मात्र भूकम्प पीडितलाई एक लाख अनुदान थप गर्ने निर्णय गरेको थियो ।
यससँगै सरकारले दिने अनुदान चार लाख पुग्छ । तर, पछिल्लो पटक थप भएको अनुदान तत्काल उपलब्ध गराउन रकम नरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले बताए ।
प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको १ सय दिन पूरा गरेको अवसरमा प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा चालू आर्थिक वर्षमा थप अनुदानका लागि पर्याप्त रकम नभएको बताएका हुन् ।
एक लाख रुपैयाँ अनुदान थप्दा त्यसले करीव एक खर्ब रुपैयाँको दायित्व थपिने जनाइएको छ । हालसम्म अनुदानका लागि लाभग्राहीको संख्या सात लाख ६७ हजार रहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्