Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


साथी बचाउन एकै दिन ५० हजारको चिया बेचे विद्यार्थीले


0
Shares

 

ब्लड क्यान्सबाट ग्रसित सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी १४ वर्षीय मदन केसीलाई बचाउने अभियानका लागि गौरीशंकर बोर्डिङ स्कुलको कक्षा ५, ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुले चिया बेच्ने अभियान सुरु गरेका हुन् ।

भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले चिया पिउँदै उनीहरुको अभियानको सुरुवात गरेका छन् ।

मेयर केसीले चिया पिउँदै मदन केसी बचाउ अभियानका लागि व्यक्तिगत रुपमा ५ हजार रुपैयाँ सहयोग गरेर अभियानको सुरुवात गरेका छन् ।

उनले भीमेश्वर नगरपालिकाले संस्थागत रुपमा पनि सक्दो सहयोग गर्ने बचनवद्धता व्यक्त गरेका छन् ।

‘हामी हाम्रो साथी मदनलाई बचाउन चाहन्छौँ ।’ भन्ने अभियानका साथ उनीहरुले एक सातासम्म सातदोबाटो चोकमा चिया बेच्ने छन् ।

एक सातासम्म हरेक विहान र बेलुका स्वयंसेवक समूह बनाएर उनीहरुले चिया बेच्ने योजना बनाएको सो बोर्डिङ स्कुलको शिक्षक विन्देश्वरी खतिवडाले जानकारी दिइन् ।

आफ्नो स्कुलको पूर्व विद्यार्थीसमेत रहेका मदनलाई बचाउन गौरीशंकर बोर्डिङ स्कुलका विदार्थीहरुको समूहले सातदोबाटोमा उपस्थितलाई चिया दिने गरका छन् भने चिया पिउनेहरुले आफूले सक्दो आर्थिक सहयोग ‘सहयोग बाकस’ मा खसाल्ने गरेका छन् ।

ब्लड क्यान्सरबाट पीडित भीमेश्वर नगरपालिका–५ का मदन केसी अहिले नागरिक अस्पताल काठमाडौँमा उपचाररत छन् ।

Skip This