Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


महालक्ष्मी नगरपालिकामा ‘आमा-बच्चा पोषण कार्यक्रम’ सुरु


0
Shares

गर्भवती महिला र नवजात शिशुको शारिरीक तथा बौद्धिक तन्दुरुस्तीका लागि नगरपालिकाले ‘आमा–बच्चा’ पोषण कार्यक्रम सुरु गरेको हो ।

गर्भावस्थाका लागि आवश्यक पौष्टिक आहार, गर्भ र सुत्केरीपछिको स्वास्थ्य तथा सुरक्षासम्बन्धी ज्ञानको कमीले आमाबच्चाको स्वास्थ्य र भविष्य जोखिममा परेको भन्दै नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमअन्तर्गत स्वास्थ्य केन्द्रमा नियमानुसार अनिवार्य गर्भ जाँच गराउने महिलाले हरेक पटक पाँच सय रुपैयाँ प्रोत्साहन रकम पाउने छन् ।

यस्तै स्वास्थ्य केन्द्रमा सुत्केरी गराउने महिलाले सरकारले दिनेबाहेक प्रोत्साहन स्वरुप थप तीन हजार रुपैयाँ प्रोत्साहन रकम पाउने नगरपालिका कार्यालयले जनाएको छ ।