
अधिकारीहरुका अनुसार एक महिलासँग फेसबुकमार्फत निकट सम्बन्ध बनाएका उनले अनधिकृत रुपमा इलेक्ट्रोनिक उपकरणका माध्यमबाट ‘अवाञ्छित गतिविधि’ गरेका थिए ।
जबकि कार्यालयमा ती उपकरण प्रतिबन्धित थिए । ती महिलालाई उनले केही गोप्य दस्तावेज पठाएको बताइएको छ । ती महिला को हुन् र वायुसेना अधिकारीसँग कुन प्रयोजनका लागि उनले त्यस्ता दस्तावेज मागिन् भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरु बताउँछन् ।
भारतीय वायुसेनाको केन्द्रीय सुरक्षा र जाँचको एउटा टिमले उनलाई नियन्त्रणमा लिएको हो । हिरासतमा लिइएका ती अधिकारीको परिचय भने खुलाइएको छैन । उनीसँग सोधपुछ भइरहेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्