१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


देउवासँग नैतिकता छैन : शेखर कोइराला


0
Shares

बिहीबार विराटनगरस्थित कोइराला निवासमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारको नेतृत्व गरिरहेका देउवा अलोकतान्त्रिक बनेको आरोप लगाएका हुन् ।

उनले देउवासँग नैतिकता नभएको आरोपसमेत लगाए ।

कांग्रेस नेतृत्वको सरकार कामचलाउ बनेपछि गरेका कतिपय निर्णय लोककल्याणकारी लागेपनि त्यसले देशलाई आर्थिक समस्यामा फसाउने नेता कोइरालाले बताए ।

वृद्धभत्ता, दलित, एकल महिलाभत्तामा वृद्धि र उमेर हद निर्धारण तथा राजनीतिक नियुक्तिहरु गर्नु गलत कार्यशैलीको उपज भएको भन्दै उनले यी निर्णय देशको हितमा नभएको बताए ।

देशले आर्थिक भार थेग्न नसक्ने गरी गरिएका निर्णयप्रति आफूलाई पनि असजिलो लागेको कोइरालाले बताए ।