२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


गायिका ज्योती मगरलाई ‘सरापे’ले आँखा लगाएपछि..(भिडियो)


0
Shares

‘सरापे’ नामले परिचित कलाकार देवकोटाले ज्योतीलाई वास्तविक जीवनमा नभई गायक तेजस रेग्मीको आवाजमा सजिएको रमाइलो गीत ‘स्याल कुखुरी’को म्यूजिक भिडियोमा आँखा लगाएका छन् ।

भिडियो सार्वजनिक भएको छोटो समयमा नै गीतले सांगीतिक बजारमा राम्रो चर्चा कमाइरहेको छ ।

तेजसकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई निर्देशक सरोज रोशन भट्टरार्इले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।

सुजन शाहीको सम्पादन रहेको भिडियोमा यादव देवकोटा, ज्योती मगर र राजु भुजेलले मोडलिङ गरेका छन् ।

ज्योतीले भिडियोमा आफ्ना प्रेमी सरापेसँग अन्तरंग संवाद गरेकी छिन् । युटुबमा अहिले यो गीतले चर्चा पाइरहेको छ ।

भिडियोमा ‘सरापे’ नामले परिचित यादव देवकोटालाई विभिन्न ५ गेटअपमा प्रस्तुत गरिएको छ ।

भिडियोलाई दर्शकले अत्याधिक रुचाएसँगै ट्रेण्डिगंमा समेत परेको छ । भिडियोलाई कामना डिजिटल प्रालीले बजार ब्यबस्थापन गरेको हो ।

(भिडियो)