१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


प्राधिकरणले अघोषित रुपमा विद्युत कटौती गरिदिंदा उपभोक्ता मारमा


0
Shares

नेपाल विद्युत प्राधीकरणले बिना जानकारी जथाभावी लाइन काटेको गुनासो कालिन्जोर– ७ की रीता विश्वकर्माको छ ।

साँझ र बिहानपख लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परेका हुन् ।

नेपाल विद्युत प्राधीकरणको लालबन्दी, बरहथवा र मलंगवा तीनवटै वितरण केन्द्रमा यस्तो समस्या देखिएको गुनासो उपभोक्ताको छ ।

प्राधीकरणले भने बिग्रिएको समयमा मर्मतसम्भार गर्नुपर्दा बाहेक अरुबेला विद्युत कटौती नहुने दावी गरेको छ ।

लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर विजय महतोले मर्मतसम्भार गर्दा वा विहान बेलुका एक ठाउँबाट अर्को ठाउँमा विद्युत लाइन जोड्नुपर्दा केहीबेर लोडसेडिङ हुने गरेको बताए ।

जिल्लामा धेरै विद्युत चोरी भैरहेकाले कुनै बेला विद्युत भार थेग्न नसकेर आफै लाइन काटिएको हुनसक्ने प्राविधिक बताउँछन् ।