२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपाली सेनाको भैरवनाथ गणमा ग्रीनेड विस्फोट, पाँच सैनिक घाइते


0
Shares

शुक्रबार बिहान काठमाडौं, महाराजगन्जस्थित गणमा तालिमकाक्रममा ग्रीनेड विस्फोट भएको सेनाले जनाएको छ ।

जसमा एक सैनिक गम्भीर घाइते भएको र चारजनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

सेनाका प्रवत्ता गोकुल भण्डारीले गम्भीर घाइते भएका सैनिकको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आइसियुमा उपचार भइरहेको र अरु चारजनाको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको जानकारी दिए ।

ग्रीनेड विस्फोट के–कति कारणले भएको भन्नेबारे अनुसन्धान भइरहेको सेनाले जनाएको छ ।

यसैबीच, रक्षामन्त्री भीमसेनदास प्रधानले शुक्रबार साँझ विस्फोटका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।