
सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुखसचिवमा नियुक्त गरेका रेश्मीराज पाण्डेले शुक्रबारै पदबहाली गरेका छन् ।
पदबहालीपछि आयोजित कार्यक्रममा उनले प्रदेश नम्बर–३ मा मन्त्रिपरिषदसहित सातओटा मन्त्रालय रहने जानकारी दिए ।
प्रदेश नम्बर–३ मा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गरी सातओटा मन्त्रालय रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्