
वाम गठबन्धनले प्रदेश नम्बर–७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो ।
को हुन् त्रिलोचन भट्ट ?
४८ वर्षीय त्रिलोचन भट्टको स्थायी ठेगाना डोटी जिल्लाको साविक भूमिराजमाडौं गाविस वडा नम्बर–८ फलेडी हो ।
उनी बुवा प्रसाद भट्ट र आमा शारदा भट्टको साहिँलो छोरा हुन् । गरिब परिवारमा जन्मिएका भट्टले गरिबीकै कारण ८ कक्षाको पढाइ बीचमै छाडेर १४ वर्षको उमेरमै भारत पसेका थिए । उनी मुम्बईको एक जापानी कम्पनीमा काम गर्न पुगेका थिए ।
उनले वि.सं. २०४७ सालमा अखिल भारत नेपाल एकता समाजको सदस्यबाट राजनीति सुरु गरे । उनी मुम्बईमा रहेको प्रवास कमिटीको कोषाध्यक्षसमेत रहे ।
माओवादी युद्धको तयारी तथा प्रवासबाट गरिने विभिन्न व्यवस्थापकीय पक्षमा सहयोग गरेका भट्टले २०५६ सालमा कम्पनीको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिए ।
२०५६ पछि उनी प्रवासबाटै जिल्ला कमिटी डोटीको सदस्य तथा क्षेत्रीय ब्यूरो सदस्य रहे । २०५८ सालमा उनले मुम्बईको नेपाली जनअधिकार सुरक्षा समितिमा रहेर काम गरेका थिए । २०६१ सालमा पार्टीले उनलाई नेपाल बोलाएपछि उनी नेपाल फर्किएर भूमिगत भएर काम गर्न थाले ।
२०६२ सालमा माओवादीको डोटी जिल्ला सचिव रहेका त्रिलोचन भट्ट २०६३ मा डोटी जिल्ला सहइन्चार्ज भएर काम गरे । २०६४ मा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका उनी २०७१ देखि माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य रहेका छन् ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नम्बर–१ बाट चुनाव लडेका भट्ट २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नम्बर–२ बाट चुनाव लडे । तर, दुुवै निर्वाचनमा हार व्यहोरे ।
भट्ट योपटक भने वाम गठबन्धनको तर्फबाट डोटी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र शाहीलाई २७०० भोट अन्तरले हाराउँदै विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्