३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


एलिसा र गम्भिरको दमदार डान्स रहेको विमलको गीत युट्युवमा हिट (भिडियो)


0
Shares

मोडल एवं नायिका एलिसा राईले मोडल तथा कोरियोग्राफर गम्भिर विष्टको टिमलाई भिडियोमा उतारेर विमलले संगीतप्रमीहरुलाई नयाँ स्वाद चखाएका छन् ।

शुक्रबार सार्बजनिक गरिएको भिडियोले २५ हजार बढी भ्यूअर्स पाइसकेको छ । एक दर्जन बढी गीत श्रोतामाझ ल्याइसकेका बिमलको गीतमा एलिसा र गम्भीरको दमदार डान्स हेर्न सकिन्छ ।

बुढासुब्बा म्यूजिक कम्पनीमार्फत युट्युवमा सार्वजनिक गरिएको गीतमा गायक आफैँले संगीत गरेका छन् भने आफैंले प्रकाश श्रेष्ठसँग सहकार्य गरेर गीतको शब्द तयार पारेका छन् ।

bimal1

एलिसा र गम्भिरसँग नृत्यमा ‘ह्याण्ड टु ह्यान्ड क्रु’ ले साथ दिएको छ भने नवराज उप्रेतीको छायांकन रहेको छ । भिडियोको निर्देशन गम्भिर आफैँले गरेका छन् ।

‘युवा पुस्ताले बोली चालीमा प्रयोग गर्ने भाषालाई गीतको शब्दमा समावेश गरिनुका साथै संगीतमा लोकपन र आधुनिताको फ्युजन रहेको छ ।’

विमल भन्छन्ः ‘फाष्ट बीटको डान्सिङ नम्बर भएकोले युवाहरुलाई विशेषतः यो गीतले आकर्षण गर्छ भन्ने लागेको छ ।’

(भिडियो)