४ असार २०८२, बुधबार | Wed Jun 18 2025


सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा रुसी सैन्य विमान खसालियो


0
Shares

विमान खस्दा पनि सुरक्षित रहेका पाइलटलाई भने जमिनमा आक्रमण गरी मारिएको रुसले जनाएको छ ।

विमान अलकायदासँग सम्बन्ध रहेको हयात तह्रीर अलशाम नामक समूहले खसालेको बताइएको छ । रुसले यस क्षेत्रमा सहयोगी सिरियाको साथ विद्रोहीमाथि आक्रमण गरिरहेको छ ।

गत डिसेम्बरदेखि सिरियाले रुसी सहयोगमा हवाई आक्रमण गरिरहेको छ । यसै आक्रमणका कारण लाखौं मानिस विस्थापित भएका छन् ।

२४ घन्टाको बीचमा रुसले थुप्रैं पटक हवाई आक्रमण गरेको पनि बताइएको छ ।(एजेन्सी)