२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वर्तमान सरकारको निर्णय उल्टिन सक्छन् : महरा


0
Shares

टरिगाउँ विमानस्थलमा आइतबार आयोजित साक्षात्कारमा उनले भने, ‘सरकारले गरेका कतिपय निर्णयलाई अब बन्ने सरकारले उल्टाउँछ, जथाभावी निर्णय गर्ने यो सरकारको काम होइन ।’

वर्तमान सरकारले तोकेको प्रदेशको अस्थायी मुकामले देशैभरि विवाद सिर्जना गरेको उल्लेख गर्दै उनले प्रदेश मुकामको अस्थायी केन्द्र तोक्दा धोका भएको र अब राजधानी बनाउने जिम्मा प्रदेश सभामा आएको बताए ।

प्रदेशसभाका सांसदहरुले स्थायी राजधानी तोक्दा न्यायोचित, सन्तुलित एवं जिम्मेवारीपूर्वक निर्णय गर्ने उनको भनाइ थियो ।

महराले हरेक दृष्टिकोणले ५ नं प्रदेशको प्रादेशिक राजधानी दाङ उपयुक्त रहेको बताए ।

फरकफरक दृष्टिकोण र मान्यता बोकेका दुई दलबीचको एकता भनेजस्तो सजिलो नभएको उल्लेख गर्दै महराले भने, ‘पार्टी एकता आजको आवश्यकता हो, एकतामा केही ढिला भए पनि केही समयपछि पार्टी एकता निश्चित हुनेछ ।’ (रासस)