२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक सुरु, ज्येष्ठ सदस्य श्रेष्ठले गरे अध्यक्षता


0
Shares

पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा जारी बैठकमा प्रदेश सांसदहरुले बोल्ने क्रम जारी छ ।

प्रदेश सभाका ज्येष्ठ सदस्य ६७ वर्षिय जनकलाल श्रेष्ठले पहिलो बैठकको अध्यक्षता गरेका छन् । प्रदेश नम्बर ४ मा ११ जिल्लाका ६० जना प्रदेशसभा सदस्य छन् ।

पहिलो दिनको बैठकमा तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तीन/तीन जना र अन्य दुई दल नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाका एक÷एक जना सांसद गरी ११ जनाले बोल्ने ब्यवस्था मिलाइएको छ ।

प्रदेश नम्बर ४ को सभामुख निर्वाचन फागुन ३ र उपसभामुखको निर्वाचन फागुन ६ गते गर्न सहमति यसअघि नै भइसकेको छ ।