२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धर्मले समाजलाई शान्त राख्छ : दाहाल


0
Shares

गलेश्वर आश्रम देवघाटले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञलाई सोमबार तनहुँको देवघाटमा सम्बोधन गर्दै उनले अध्यात्मले विकृति र विसंगति हटाउनका लागि ठूलो मद्दत गरेको बताए ।

उनले भने–‘सकारात्मक चिन्तनले समाजमा शान्ति हुने र नकारात्मक चिन्तनले समाज विघटनतिर जान्छ ।’

अध्यक्ष दाहालले देवघाटका आश्रमलाई विश्वस्तरको बनाउन आवश्यक रहेको बताउँदै महायज्ञले यहाँको धार्मिक पर्यटन विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री दाहालले गलेश्वर आश्रमले सन्चालन गरेको वेद वेदांग विद्यालय भवनको शिलान्याससमेत गरे ।

कार्यक्रममा गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेकपा माओवादीका नेता नारायण दाहाल, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेल, बद्री तिमिल्सिनालगायतले बोलेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उद्घाटन गरेको महायज्ञ आगामी फागुन २ गतेसम्म चल्नेछ । रासस