१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन’ हुने


0
Shares

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी पाथीभरा मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिले महोत्सवको आयोजना गर्न लागेकोे जनाएको हो ।

महोत्सव आगामी फागुन १ देखि ३ गतेसम्म ताप्लेजुङको पाथीभरामा आयोजना हुने समितिका सचिव तारानाथ घिमिरेले जानकारी दिए ।

महोत्सवमा कृषिमेला प्रदर्शनी, औद्योगिक हस्तकला प्रदर्शनी, खाद्य परिकार महोत्सव, साँस्कृतिक कार्यक्रम, पाराग्लाइडिङलगायतका कार्यक्रम हुने समितिका सचिव घिमिरेले बताए ।

महोत्सवमा ४२ किलोमिटरको खुला एवं महिला म्याराथनको पनि आयोजना गरिने भएको छ ।

खुल्ला म्याराथनका विजेताले १ लाख ५१ हजार तथा महिला म्याराथनका विजेताले ८१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।