
टोलीले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी महोत्सवमा आउन पोखरेलीहरुलाई निमन्त्रणा गरेको हो ।
सो अवसरमा फेस्टिभलका संयोजक कपिल रेग्मीले ‘सौराहामा विदेशीमात्र होइन, अब आन्तरिक पर्यटकहरु रमाउनुपर्छ’–भने ।
प्रणय दिवसको अवसरमा हरेक वर्षजस्तै यो वर्ष पनि यही माघ २८ देखि फागुन ३ गतेसम्म सौराहाको सिसवार खेलमैदानमा फेस्टिभल गरिन लागेको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले बताए ।
‘प्राकृतिक सौन्दर्यता चितवन सौराहाको विशेषता’ भन्ने नारासहित पाँच दिनसम्म चल्ने फेस्टिभलमा स्वेदशी तथा विदेशी विभिन्न खानाका स्वादमा साँस्कृतिक प्रस्तुतिमा रमाउन सकिने रेवान सौराहाका प्रथम उपाध्यक्ष दीपेन्द्र खतिवडाले उल्लेख गरे ।
सौराहा र यस क्षेत्रको वरिपरि ओझेलमा परेका कला, संस्कृति र रहनसहनको प्रचारसँगै विदेशीमाँझ नेपाली कला–संस्कृति चिनाउनु महोत्वसवको मुख्य उद्देश्य रहेको सौराहा रेवानका निर्वतमान अध्यक्ष लालबहादुर भट्टले बताए ।
फेस्टिभलको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये केही प्रतिशत सामाजिक काम र खेलमैदान व्यवस्थापनमा खर्च गरिने रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्