१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


अपहरणमा परेको पानीजहाज मुक्त


0
Shares

सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको थियो ।

उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ सहर क्षेत्रको समुद्रबाट गत बिहीबारदेखि हराएको र पछि अपहरणमा परेको आशंका गरिएको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरियामार्फत् बेनिन्मा सम्पर्क गरिरहेको जानकारी दिएका थिए ।

मंगलबार सो जहाज अपहरणबाट मुक्त भएको जानकारी भारतीय अधिकारीहरुले दिएका जनाइएको छ ।

बिहीबारबाट सम्पर्कविहीन भएको सो जहाज सामुद्रिक डाँकुको कब्जामा रहेको पछि पत्ता लागेको थियो ।

उनीहरुले मंगलबार जहाजमुक्त गरिदिएको बताएपछि सो जहाज र यसका सबै सदस्यहरु जहाजको क्याप्टेनको नियन्त्रणमा आइसकेका उल्लेख गरिएको छ ।

अपहरणमुक्त जहाज र यसका सबै सदस्यहरु सकुशल रहेका अधिकारीहरुले जनाएका छन् ।

जहाजलाई अपहरणमुक्त गर्ने काममा लाग्ने सबैलाई भारत सरकारले धन्यवाद ज्ञापन परेको छ । रासस/एएफपी