४ असार २०८२, बुधबार | Thu Jun 19 2025


किम जोनकी बहिनीसहितको उच्चस्तरीय प्रतिनिधिमन्डल दक्षिण कोरियामा


0
Shares

उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमन्डल शुक्रबार दक्षिण कोरिया पुगेको हो । नाम उत्तर कोरियाको संसदका प्रमुख हुन् ।

उनी विगत निकै लामो समयपछि दक्षिणको भ्रमण गर्ने उत्तर कोरियाली एक उच्च सरकारी अधिकारी हुन् । उक्त प्रतिनिधिमन्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि छिन् ।

नाम नेतृत्वको प्रतिनिधिमन्डल बोकेको विमान शुक्रबार बिहान दक्षिण कोरियाको पश्चिमी बन्दरगाह सहर इन्चोनको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

सेतो रङको जेट विमान शुक्रबार सो विमानस्थलमा अवतरण गरेको दक्षिण कोरियाका राष्ट्रिय टेलिभिजनहरुले श्रव्यदृश्य प्रशारण गरेका जनाइएको छ ।

सो विमानस्थलमा उक्त विमान अवतरण गर्दा सुरक्षा व्यवस्था अघिल्लो समयकोभन्दा कडा बनाइएको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी तथा हवाई उड्डयन क्षेत्रका अधिकारीहरु सो विमानस्थलमा उपस्थित थिए ।

उत्तर कोरियाको राष्ट्रिय झन्डा राखिएको उक्त विमानमा उत्तर कोरियाली नेता नामको साथमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न रहेको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ ।

उक्त प्रतिनिधिमन्डल आइतबारसम्म दक्षिण कोरियामा रहने छ । उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्ने कुराको जानकारी उत्तर कोरियाको सरकारी निकायले यसअघि नै औपचारिकरुपमा सार्वजनिक गरेको थियो ।

यति उच्च तहमा दक्षिण कोरियाली अधिकारी दक्षिण कोरिया पुगेकाले त्यहाँ राजनीतिक भेटघाट पनि हुनसक्ने आँकलन गरिएको छ । तर, यस विषयमा भने उत्तर कोरियाले केही बताएको छैन ।

राष्ट्रिय एकता मन्त्रीद्वारा स्वागत
उत्तर कोरियाली उक्त उच्चस्तीय प्रतिनिधिमन्डललाई दक्षिण कोरियाली एकतामन्त्रीले स्वागत गरेको जनाइएको छ ।

दक्षिण कोरियाली एकतामन्त्री च्यो म्योङ गियोन उक्त प्रतिनिधिमण्न्लको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

मन्त्री च्यो, उपमन्त्री चुन हाउसुन, दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका सुरक्षा उपनिर्देशक नाम ग्यानपो पनि उनीहरुको स्वागतका लागि उक्त विमानस्थलमा पुगेको एकता मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

विदेशीहरुको स्वागतका लागि दिने उच्चस्तरीय सम्मान दक्षिण कोरियाले दिएको बताइएको छ । मन्त्रीस्तरका व्यक्ति विमानस्थलमा पुगेर गरिएको यो स्वागत उच्चस्तरीय रहेका पनि बताइएको छ ।

यस खेलकुदको शुक्रबार उद्घाटन हुँदैछ । त्यसैगरी, उक्त शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले एउटै झन्डामुनि ‘मार्च’ गर्नेछन् ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रियरुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।

उक्त कटुतापूर्ण सम्बन्धलाई सुधारकारुपमा विकास गर्ने सुविधा यसै खेलकुदबाट प्राप्त हुनसक्ने भएकाले उत्तर कोरियाको आणविक होडको अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा पनि विश्व समुदायले गरेको विश्लेषण गरिएको छ ।

अमेरिकासँग वार्ता हुँदैन : उत्तर कोरिया
यसैबीच, ओलम्पिक खेलकुदमा सहभागिताका लागि दक्षिण कोरियामा रहँदा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग द्विपक्षीय वार्ता नगर्ने स्पस्ट गरेका छन् ।

दक्षिण कोरियामा भेटवार्ताका सम्बन्धमा कुनै पूर्वतयारी र सम्भावना पनि नरहेको उत्तर कोरियाले स्पस्ट गरेको बताइएको हो ।

यस खेलकुदमा चीन र अमेरिकी राष्ट्रपतिहरुले पनि आफ्ना प्रतिनिधि पठाउने भएका छन् । त्यसक्रममा ती देशका प्रतिनिधिहरुसँग उत्तर कोरियाली अधिकारीले पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको थियो ।

सो सम्भावनालाई पनि उत्तर कोरियाले नकारेको जनाइएको छ । रासस/सिन्ह्वा