
शुक्रबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्रीले शनिबार (भोलि)सम्ममा तीनजनाको नाम टुंगो लगाउने दाबी गरिएको छ ।
यसअघि, झापाका गोपाल बस्नेत, स्याङ्जाका कृष्णप्रसाद पौडेल र काठमाडौंकी चादनी जोशीको नाम राष्ट्रियसभामा सिफारिस हुन लागेको चर्चा चलेकोमा सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले कुनैपनि व्यक्तिको नामबारे शुक्रबारको बैठकमा छलफल नभएको बताए ।
यस्तै, मन्त्रिपरिषदको शुक्रबारको बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा प्रदान गर्ने, ‘तपस्वी’ रामबहादुर बम्जनले ‘तपस्या’ गरेको बाराको ठाउँलाई धार्मिक वनकोरुपमा विकास गर्नेलगायतका निर्णयहरुसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्