२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश ३ को उपसभामुखमा राधिका तामाङ निर्विरोध


0
Shares

वाम गठबन्धनका तर्फबाट तामाङको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र समर्थकमा माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान छन् ।

यसअघि नेपाली कांग्रेसले पनि उपसभामुख आफूले पाउनुपर्ने दाबी गरे पनि उम्मेदवारी भने दिएन । नुवाकोट क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित तामाङ माओवादी केन्द्रीय सदस्य र पूर्व कृषि राज्यमन्त्रीसमेत हुन् । सभामुखमा भने यसअघि नै नेकपा एमालेका सानु श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका छन् ।