
बन्दुकधारीहरुले गोली हानेपछि सैनिक अस्पतालमा भर्ना भएकी ती महिलाले शनिबार अस्पतालमै बालिका जन्माएको भारतको सैनिक स्रोतले जनाएको छ ।
पाराम्जीत कउर नाम गरेकी ती महिला र उनकी छोरीको अवस्था अहिले राम्रो रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
गर्भवती ती महिलालाई पछाडपट्टी तल्लो भागमा गोली लागेको थियो । घाइते भएपछि उनलाई सेनाको हेलिकोप्टरमार्फत् तत्काल अस्पताल लगिएको थियो ।
सन्जुवान सैन्य कार्यालयमा भारतीय सुरक्षाकर्मी र लडाकूहरुकाबीचमा झडप हुँदा ती गर्भवती महिलालाई गोली लागेको थियो ।
ती महिलालाई अस्पतालमा तत्काल भर्ना गरेर बच्चा जन्माउनका लागि आवश्यक औषधि दिइएको थियो । बच्चा जन्मिएपछि मात्र उनको चोटको उपचार सुरु गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
सो घटनामा परी तीन जना लडाकू र दुई जना भारतीय सुरक्षाकर्मीहरु मारिएका भारतीय सैन्य स्रोतले थप जानकारी दिएको छ । (रासस÷सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्