२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश नम्बर ६ को उपसभामुखमा शाहीको एकल उम्मेदवारी


0
Shares

दैलेख निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित शाहीलाई सभामुख बनाउने प्रस्ताव एमालेका प्रकाश ज्वालाले गरेका हुन् भने माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले समर्थक छन् ।

एमालेको प्रदेश ६ को संसदीय दलको बैठकले शाहीलाई प्रदेशसभाको सभामुख बनाउने निर्णय गरेको हो । आइतबार दिउँसो १ बजेदेखि २ बजेसम्म सभामुखका लागि प्रस्ताव दर्ता गराउनु पर्ने निर्वाचन कार्यतालिका रहेकोमा शाहीको मात्रै उम्मेदवारी दर्ता भएको प्रदेश सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

शाहीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध सभामुखमा बन्ने निश्चित छ । तर यसको घोषणा भने माघ २९ गतेको प्रदेशसभा दोश्रो बैठकले गर्नेछ ।