
प्रदेशप्रमुख अनुराधा कोइरालाले नवनियुक्त मन्त्री केशव स्थापित र शालिकराम जमरकट्टेललाई सोमबार अपराह्न पद तथा गोपनीयताको शपथ गराइन् ।
स्थापितलाई भौतिक योजना तथा पूर्वाधार विकास र जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।
अर्को मन्त्रिपरिषद विस्तार नहुन्जेल बाँकी पाँच मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्ने मन्त्रिपरिषद कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताए ।
नवनियुक्त मन्त्री स्थापित र जमरकट्टेलले ३ नम्बर प्रदेशका जनताको चाहनाबमोजिम विकास निर्माणको काम निस्पक्ष र पारदर्शी ढंगले गर्ने बताए । रासस
प्रतिक्रिया दिनुहोस्