
सोमबार राजधानीमा नेपाल–चीन उद्योग वाणिज्य संघले गरेको गोष्ठीमा बीआरले नेपाल, चीन र भारतबीचको व्यापारमा सन्तुलन कायम गर्ने विज्ञहरुले बताएका हुन् ।
बीआरले नेपालको पूर्वाधारलाई रुपान्तरण गर्ने तथा चीनको लगानीलाई भित्र्याउने अपेक्षा विज्ञहरुको छ ।
विश्वमा फैलिरहेका चीनकोे आर्थिक विकासले नेपालको सार्वभौमसत्तालाई असर नगरी फैलने एवं यसबाट नेपालले पनि फाइदा लिनसक्ने विज्ञहरुको भनाइ छ ।
बीआरले नेपाललाई व्यापारका लागि भारत र चीनबीच ‘हव’ क्षेत्रकोरुपमा परिचित गराउने संघका अध्यक्ष राजेशकाजी श्रेष्ठको विश्वास छ ।
बीआरले नेपालमा बैंकिङ सेवा विस्तार, पर्यटकको वृद्धि, मेडिकल क्षेत्रको विकास र यातायात क्षेत्रको विस्तार हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्