२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


शिवरात्रिका लागि दर्शनार्थीका रुपमा पशुपतिमा खटिए महिला प्रहरी, यस्तो छ योजना


0
Shares

दर्शनार्थीको भीडको मौका पारेर लुटेरा समूहले गहना लुटपाट गर्न सक्ने भन्दै प्रहरीले सादा पोसाकमा महिला प्रहरी खटाएको छ । त्यो पनि दर्शनार्थी कै भेषमा । सारी, कुर्ता र नक्कली गहनाले सजिएर लुटेराको निगरानी गर्ने योजनासहित डेढसय महिला प्रहरी खटिएका छन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीका अनुसार विगतका वर्षमा लुटेराले दुःख दिएपछि यो वर्ष नयाँ सूत्र परिचालन गरिएको हो ।

शिवरात्रिमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै सात हजार सुरक्षाकर्मी खटिन्छन् ।

प्रहरीले आइतबार र सोमबार गरेर पाशुपत क्षेत्रमा स्वीप अपरेसन गरेर २२ जनालाई नियन्त्रणमा लिइसकेको छ । – अन्नपूर्ण पोस्ट दैनिकबाट