
काठमाडौं, मंसिर १९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ–मर्स्याङ्दी क्लबको शतप्रतिशत विजयी यात्रा जारी छ ।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १–० ले हरायो ।
मनाङको जितमा खेलको ६२औं मिनेटमा अन्जन विष्टले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ‘म्यान अफ दी म्याच’समेत घोषित हुँदै अन्जनले १० हजार रुपैयाँ पाए ।
लगातार छैटौं जितसँगै मनाङले ६ खेलबाट १८ अंक जोडेको छ । मनाङ लिग तालिकाको शीर्ष स्थानमा यथावत् छ । समान खेलबाट १५ अंक जोडेको संकटा क्लब अंकतालिकामा दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्