
काठमाडौं, फागुन १ । उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाको प्रशंसा गरेका छन् ।
नेता उनले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिकमा उत्तर कोरियाका नेतादेखि खेलाडीसम्मलाई उच्च प्राथमिकतामा राखी गरेको व्यवहारप्रति उत्तर कोरियाको प्रशंसा गरेका हुन् ।
उनले नेता र खेलाडीलाई गरिएको व्यवहारका लागि धन्यवादसमेत दिएका छन् ।
शीतकालीन ओलम्पिकका लागि दक्षिण कोरिया पुगेकी आफ्नी बहिनी किम यो जोङ स्वदेश फर्के लगत्तै किम जोङ उनको यो भनाई सार्वजनिक भएको हो ।
शीतकालीन ओलम्पिकमा भाग लिन नेता उनकी बहिनी किम यो जोङसँगै देशका संवैधानिक नेता किम योङ नाम दक्षिण कोरिया पुगेका थिए ।
दुई कोरियाबीच परमाणु विवादका कारण सम्बन्ध चिसिएकै बेला दक्षिण कोरियाको आग्रह अनुसार उत्तर कोरियाले आफ्ना देशका केही प्रतिनिधीसहित २२ खेलाडी दक्षिण कोरिया पठाएको थियो ।
शीतकालीन ओलम्पिक भने फ्रेबु्रअरी २५ तारिखसम्म चल्ने छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्