२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सशस्त्र विद्रोह सुरु गरेको स्मरणमा आज जनयुद्ध दिवस मनाईंदै


0
Shares

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले शुरु गरेको सशस्त्र विद्रोहको सम्झनामा माओवादीका विभिन्न घटकले जनयुद्ध दिवस मनाउने गरेका छन् ।

सशस्त्र विद्रोह सुरु गरेको दिनलाई सम्झँदै नेकपा माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टीले छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् ।

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरी चौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको थियो ।

यो विद्रोह १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण रुपान्तरण भएको थियो ।

२०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर भएर शान्ति प्रक्रियामा आएपछि माओवादी पटक–पटक फुटेर विभिन्न टुक्रामा विभाजित छ ।