२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश–१ को मुख्यमन्त्रीमा राई नियुक्त


0
Shares

मोरङ, फागुन २ । प्रदेश नम्बर–१ को मुख्यमन्त्रीमा नेकपा एमालेका शेरधन राई नियुक्त भएका छन् ।

प्रदेशप्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले बुधबार एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेशप्रमुखसमक्ष दाबी पेस गरेका थिए ।

प्रदेशप्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेशप्रमुख तुम्बाहाङले राईलाई नियुक्तिपत्र प्रदान गरेका थिए ।

उनले बिहीबार (भोलि) वीरेन्द्र सभागृहमा शपथग्रहण गर्ने र बिहीबार नै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । रासस