२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


एक आमाले जन्माइन् तिम्ल्याहा


0
Shares

प्रकाश धौलाकोटी (इमेज):
तेह्रथुम, फागुन ३ । तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छन् ।

फेदाप गाउँपालिका–१, सिम्लेकी मेनुका खनाल कार्कीले एकैपटकमा तीन बच्चालाई जन्म दिएकी हुन् ।

सिम्लेस्थित स्वास्थ्यचौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिएपनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

मेनुकाले सामान्य प्रसूति सेवाबाटै एकैपटक तीन छोरालाई जन्म दिएकी सिम्ले स्वास्थ्यचौकीका इन्चार्ज देउकुमार राईले बताए ।

सात महिना १२ दिनमै जन्मिएका तीनै बच्चाको तौल कम छ । पहिलो बच्चाको तौल १.८ केजी तथा दोस्रो र तेस्रोको समान १.६/१.६ केजी रहेको छ । स्वास्थ्यकर्मीकाअनुसार सामान्य अवस्थाको एक नवजात शिशुको तौल कम्तीमा पनि २.५ केजी हुन्छ ।

बच्चाहरुलाई उपचारका लागि जिल्लाबाहिर लैजान स्वास्थ्यचौकीले ‘रेफर’ गरिसकेको छ । तर, परिवारको आर्थिक अवस्था कमजोर भएका कारण जिल्लाबाहिर लैजान नसकेको मेनुकाका श्रीमान् दिलबहादुर कार्कीले बताए ।

संखुवासभाको मादी स्थायी घर भएका कार्की दम्पती दुई वर्षदेखि तेह्रथुममा तरकारी व्यापार गर्दै आइरहेका छन् ।