२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


लालबाबु पण्डित र थममाया थापा बने मन्त्री


0
Shares

काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित (मोरङ)लाई जनसंख्या तथा वातावरण र थममाया थापा (म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा बिहीबार नियुक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारै राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराइन् ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, निवर्तमान प्रधानमन्त्रीलगायतको सहभागिता थियो ।

पण्डित यसअघि सामान्य प्रशासनमन्त्री भएका थिए । रासस