Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


माछापालन व्यवसाय फस्टाउन सकेन (भिडियो)


143
Shares

२०६७/६८ सालबाट माछापालनको व्यावसायिक सुरुवात भएको धनकुटामा ६ बर्ष बित्दा पनि आकर्षित बन्न सकेको छैन । स्थानीय स्तरमा उत्पादित माछाको माग र उत्पादनको प्रशस्त सम्भावना छ । ६ बर्षको अवधिमा धनकुटामा चार हेक्टर क्षेत्रफलबाट बार्षिक पाँच मेट्रिकटन मात्रै माछा उत्पादन हुँदै आएको छ ।

पहाडी क्षेत्रमा उत्पादन गरिएको माछा स्वादिलो हुने तथा आयातित माछाभन्दा ताजा हुने भएकाले स्थानीय क्षेत्रमै उत्पादन गरिएको माछाको माग बढि छ । जिल्लामा उत्पादन भएको माछालाई बजारको कुनै समस्या नरहेको तथा माग धान्नै मुस्किल रहेको धनकुटा बुढिमोरङ्गका माछापालक कृषक देव इवाहाङ्ग बताउँछन् ।

हाल जिल्लामा उत्पादन भएको माछाले थोरैमात्र माग धान्ने गरेको छ । ९० प्रतिशतभन्दा बढि माग भारतीय र तराईको बजारबाट आपूर्ति हुने गरेको छ । माछाको प्राविधिक, सिंचाइ सुविधा, लागत बढि पर्ने तराई तथा भारतको माछा सहज रुपमा उपलब्ध हुने भएकाले प्रशस्त सम्भावना भए पनि माछापालन व्यावसाय फस्टाउन नसकेको जिल्ला कृषिविकास कार्यालय धनकुटाका प्राविधिक सुर्य सापकोटाले जानकारी दिए ।

माछापालन व्यवसाय फस्टाउन नसकेपछि तीन बर्ष यता जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराउँदै आएको सेवा सुविधासमेत कटौति गरेको छ । यसअघि कार्यालयले माछाका भुरा तराईबाट निःशुल्क ढुवानी गराउँदै आएको थियो ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्