
प्रदेशप्रमुख दुर्गाकेशर खनालले सुर्खेतस्थित प्रदेशप्रमुखको कार्यालयमा शाहीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
मुख्यमन्त्री शाहीले शुक्रबारै पदभारसमेत ग्रहण गरेका छन् ।
शाहीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका १९ र माओवादी केन्द्रका १३ जना सांसदले प्रदेशप्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।
यसअघि, एमालेले आलोपालो मुख्यमन्त्री पाउनुपर्ने भन्दै अडान लिएपछि मुख्यमन्त्रीको नियुक्तिमा ढिलाइ भएको थियो ।
पूर्वऊर्जामन्त्रीसमेत रहेका मुख्यमन्त्री शाही कालिकोट ‘ख’बाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।
यसैबीच, प्रदेश–६ को उपसभामुख पदमा सांसद पुष्पा घर्तीमगर निर्विरोध निर्वाचित भएकी छन् ।
वाम गठबन्धनको भागबन्डामा माओवादी केन्द्रको भागमा परेको उपसभामुखमा माओवादीबाट शुक्रबार उनले उम्मेदवारी दर्ता गराएकी हुन् उपसभामुखका लागि अरु कसैको पनि उमेदवारी नपरेकाले उनी निर्विरोध भएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्