२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मैना सुनुवारकी आमाले भनिन्–‘न्याय नदिएर तड्पाउन खोजियो’


0
Shares

मैना बालविकास समितिले शनिबार ललितपुरमा गरेको कार्यक्रममा मैना सुनुवारको हत्या गरिएको १४ वर्ष हुँदा पनि अझै न्याय पाउन नसकेकोमा वक्ताहरुले रोष र दुःख व्यक्त गरे ।

मैना सुनुवारकी आमा एवं समितिकी अध्यक्ष देवी सुनुवारले पीडितलाई न्याय नदिएर तड्पाउन खोजेको भन्दै सरकार, राजनीतिक दलको आलोचना गरिन् ।

गत वैशाखमा जिल्ला अदालत काभ्रेले मैना सुनुवार हत्या प्रकरणमा संलग्न नेपाली सेनाका तीन अधिकारीलाई जन्मकैदको फैसला सुनाएको थियो ।

तर, सेनाले जिल्ला अदालतले गरेको फैसला त्रुटिपूर्ण भएको भन्दै रिट दायर गरेको थियो ।