
पर्वत, फागुन ६ । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित तल्लो मोदी हाईड्रोपावर मुनि मोदी खोलाको वीचमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
अन्दाजी ४०/४५ बर्षको युवकको लास शनिवार साँझ फेला परेको प्रहरीले जनाएको छ ।
मृत लास घोप्टो अवस्थामा खोलाको बिचमा तैरिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको खवर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थालमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मृतको हुलिया गहुँगोरो, झट्ट हेर्दा मंगोलियन अनुहार, उचाई ५ फिट, कालो खैरो कपाल, कालो रंगको हुट ट्राउजर जुंगा र बोके दारी भएको युवक मृत अवस्थामा भेट्टीएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक देवीप्रसाद पौडेलले जानकारी दिए ।
उक्त शव जिल्ला अस्पताल पर्वतमा पोष्टमार्टमका लागि राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्