
राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
हात्तीले घरमा क्षति पुर्याएपछि आज बिहान यहाँस्थित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । प्रहरीको टोलीले पनि घटनास्थल पुगेर क्षतिको विवरण लिएको छ ।
हात्तीले घर भत्काएपछि पीडित खुला आकाशमा बसिरहेका छन् ।
शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले पीडितलाई तत्काल राहतस्वरुप प्रतिपरिवार रु दुई हजार प्रदान गर्ने जानकारी दिए । उनले यसअघि पनि नरगरपालिका क्षेत्रका हात्तीपीडितलाई नगरपालिकाले राहत रकम उपलब्ध गराएको स्मरण गरे । (रासस)
प्रतिक्रिया दिनुहोस्