२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


नेपालको हरेक क्षेत्रमा दलालको बिगबिगी : पूर्वप्रन्या कार्की


0
Shares

सोमबार काठमाडांैमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८’को सार्वजनीकरण कार्यक्रममा उनले नेपालको हरेक क्षेत्रमा दलालको बिगबिगी भएको उल्लेख गरिन् ।

उनले स्थीर सरकार भएमात्र देशले मुहार फेर्नसक्ने भन्दै न्याय क्षेत्रकाबारेमा आफूले बोलिरहने अवस्था नभएको बताइन् ।

कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले देशको राजनीतिक अस्थिरताले मानवअधिकार क्षेत्रमा नराम्रो असर पुगेको बताए ।

यस्तै, इन्सेक अध्यक्ष सुबोध प्याकुरेलले देशमा जस्तोसुकै समस्या भएपनि मानवअधिकारकर्मी न्यायको बाटोबाट विचलित हुन नहुने उल्लेख गरे ।