Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


‘मन्त्री बन्न नपाएपछि’ सांसद शाहीले दिए राजीनामा


0
Shares

मुगु प्रदेशसभा ‘ख’बाट प्रत्यक्ष निर्वाचित भएका सांसद शाहीले प्रदेश नम्बर ६ को मन्त्रिमन्डल विस्तारप्रति असन्तुष्टि जनाउँदै आइतबार राजीनामा दिएका हुन् ।

एमाले प्रदेश नम्बर–६ का संसदीय दलका नेता यामलाल कँडेलले पार्टीका तर्फबाट प्रदेश सरकारमा सहभागी हुने मन्त्री पठाउँदा आफूलाई अन्याय गरेकाले राजीनामा दिएको सांसद शाहीले बताए ।

आइतबार विस्तार भएको मन्त्रिमन्डलमा आफूनिकट तथा पार्टीमा योगदान नगरेकालाई मन्त्री बनाएर चरम गुटगत राजनीति गरेकाले त्यसविरुद्ध आफ्नो राजीनामा आएको सांसद शाहीको भनाइ छ ।

संसदबाटमात्र नभएर पार्टीबाट पनि राजीनामा दिने सांसद शाहीले बताए ।

प्रदेश नम्बर–६ को प्रदेश सांसद भएकाले सांसदको राजीनामा प्रदेशमा नै दिएको हुँ, एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्यसमेत भएकाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै (सोमबार) राजीनामा बुझाउन काठमाडौं पुगेको छु’–सांसद शाहीले भने । रासस