१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


विश्व शान्ति नेपालको २५औं स्थापना दिवस


0
Shares

सोमबार राजधानीमा आयोजित कार्यक्रममा विश्व शान्ति नेपालका अध्यक्ष इन्दिरा मानन्धरले आफ्नो संस्थाले भूकम्पपीडित र बाढीपीडितका लागि काम गरिरहेको बताइन् ।

उनले सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडित परिवारलाई आइतबारमात्रै नयाँ घर प्रदान गरेको जानकारी पनि दिए ।

उनले वि.सं. २०७२ सालको विनाशकारी भूकम्पपछि संस्थाले काठमाडौंको इचंगु, रामकोट र ओखरपौवामा राहत वितरण गरेको पनि बताइन् ।

यस्तै, भूकम्पले सब भन्दा बढी क्षति पुर्‍याएको सिन्धुपाल्चोकका पीडितका लागि चारओटा शौचालय निर्माण गरेको पनि अध्यक्ष मानन्धरले बताइन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले सबै धर्म एकजुट भएर अघि बढ्नसकेमात्र देशमा शान्ति–सुरक्षा कायम गर्न सकिने बताइन् ।

कार्यक्रममा हिन्दू, बाहाई, इसाइ, मुस्लिम, जैन र इस्लामिक धर्मका विभिन्न गुरुहरुको पनि सहभागिता रहेको थियो ।