२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


पाल्पाका ठूला पर्यटकीय योजना अलपत्र, जनप्रतिनिधिले चासो नदेखाएको गुनासो


0
Shares

तानसेनको प्रमुख पर्यटकीय पूर्वाधारको रुपमा रहेको करुवा भ्यू टावरको काम अघि बढ्न सकेको छैन । चार वर्षअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसक्नुपर्ने भ्यू टावरको काम अझै पूरा हुन नसकेको गुनासो स्थानीयको छ ।

पाल्पा घुम्न पुग्न पर्यटकलाई लक्षित गर्दै भ्यू टावर निर्माणको काम थालिएको थियो । यहाँबाट हिमाल, पहाड र तराईको दृश्यावलोकन गराउने उद्देश्यले भ्यू टावर निर्माण शुरु गरिए पनि लामो समयसम्म अलपत्र अवस्थामा छ ।

तानसेन नगरपालिकाले आर्थिक वर्ष २०६७÷६८ मा १ करोड ५४ लाख ३४ हजार रुपैयाँ बजेट बिनियोजन गरी भ्यू टावर निर्माणको काम शुरु गरेको थियो । १ सय ५ फिट अग्लो करुवा भ्यू टावर २०७० साल असार मसान्त पूरा गरी सञ्चालन गर्ने सम्झौता गरी निर्माण कम्पनी हिमडुङ एन्ड थोकर जय रक्तकाली जेभीले काम थालेको थियो । तर, निर्माण सम्पन्न नहुँदा भ्यू टावरको जग नै चर्किन थालेको छ ।

यसतर्फ जनप्रतिनिधिहरुले समेत चासो नखिएको गुनासो स्थानीयको छ ।