१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


अघिल्लो सरकारको निर्णय रद्द गर्दै राष्ट्रिय सभामा तीनजनाको नाम सिफारिस


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि गरेको सिफारिस रद्द गरेर वर्तमान सरकाले नयाँ नाम सिफारिस गरेको हो । सरकारले गरेको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् ।

यसअघि देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयले सो सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नुपर्ने भन्दै थन्क्याएको थियो ।

५९ सदस्यीय राष्ट्रियसभामा हरेक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित भइसकेका छन् । अब सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीन जनाको नाम मनोनित गरेपछि राष्ट्रियसभाले पूर्णता पाउने छ ।