
काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभावमात्र परेको छ । राजधानीका केही निजी शैक्षिक संस्था बन्द भए पनि सवारी साधन सञ्चालनमा कुनै कमी आएको छैन ।
विराटनगरमा भने बन्दको सामान्य प्रभाव परेको छ । कोशी राजमार्गअन्तर्गत मोरङको टंकी सिनुवारीमा सवारी साधनमा ढुंगा हानेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका चार जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीको ट्रक र अर्को एउटा बसमा ढुंगा प्रहार गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ढुंगा प्रहारबाट ती सवारी साधनमा सामान्य क्षति भएको छ ।
मकवानपुरमा पनि बन्दको आंशिक प्रभाव परेको छ । राजमार्ग क्षेत्रमा सवारी चलेका छैनन् भने हेटौंडाका उद्योग तथा कलकारखाना बन्द छन् । शैक्षिक संस्था पनि बन्द भएका छन् ।
रुपन्देहीमा पनि बिहान बन्दको सामान्य प्रभाव देखिएको थियो । बुटवलमा बजार, पसल तथा शैक्षिक संस्था आंशिकमात्र सञ्चालनमा छन् ।
दाङ र कैलालीमा भने बन्दको पूर्ण प्रभाव परेको छ । गोर्खा सदरमुकाममा पनि यातायात र बजार बन्द छन् ।
प्रतिक्रिया दिनुहोस्