२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बसमा पेट्रोलबम प्रहार, १२ यात्री घाइते


0
Shares

अज्ञात समूहले प्रहार गरेको पेट्रोलबमबाट बसमा सवार १२ जना यात्री घाइते भएका छन् ।

काठमाडौंबाट दाङका लागि छुटेको ना६ख ७९१० नम्बरको बसमाथि कपिवलस्तुको शिवराज नगरपालिका वडा नम्बर–३ को सुपादेउरालीचोकमा अज्ञात समूहद्वारा पेट्रोलबम प्रहार भएको प्रहरीले जनाएको हो ।

घाइतेहरुलाई सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा प्राथमिक उपचारपछि बुटवल रेफर गरिएको चन्द्रौटा वडा प्रहरी कार्यालयका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिए ।