
चितवनको रत्ननगर–११ जिरौनामा करिब ५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको श्रीकृष्ण प्रणामी कलात्मक मन्दिरको मंगलबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा रहेका कला, साँस्कृतिक–ऐतिहासिक सम्पदा, भौगोलिक र जैविक विविधता अमूल्य निधि भएकाले यसको संरक्षण गर्नुपर्ने बताइन् ।
नेपालका मठमन्दिरलगायतका साँस्कृतिक–धार्मिक सम्पदाले हाम्रो मौलिकता उजागर गरेको उनको भनाइ छ ।
उनले सडक सन्जालको केन्द्रविन्दुकोरुपमा रहेको नारायणगढ–मुग्लिन सडकखन्डमा दुर्घटना बढेको र जनधनको क्षति भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सडकको स्तरोन्नति यथाशीघ्र सम्पन्न गर्नुपर्नेमासमेत जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस्