१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


नेपाल-भारत सीमाको दशगजा डम्पिङ साइट बन्दै, भारतीय पक्षले चासो दिएन


0
Shares

कपिलवस्तु, फागुन ९ । नेपाल–भारतको सीमा नाका कपिलवस्तुको कृष्णनगरस्थित दशगजा क्षेत्र डम्पिङ साइटको रुपमा परिणत हुन थालेको छ ।

कृष्णनगर र बढनी बजारको सीमा क्षेत्र दुवै देशका नागरिकको फोहोर फाल्ने थलो बनेको छ ।

खुला सिमानाका कारण दुवै देशका नागरिकले यो स्थानमा फाहोर फाल्ने गरिरहे पनि सम्बन्धित निकायले चासो दिएका छैनन् ।

यसले गर्दा दुवै देशका बजार दुर्गन्धित मात्र बनेका छैनन् यहाँ आउने पर्यटकसमेत प्रभावित हुँदै गएका छन् । फोहोर व्यवस्थापनमा नगरपालिका उदासिन देखिएको बजारबासीको गुनासो छ ।

फोहोर व्यवस्थापनमा भारतीय पक्षले पनि चासो देखाउने गरेको छैन ।

नेपाली पक्षबाट पटक-पटक फोहोर व्यवस्थित गर्ने प्रयास गरे पनि भारतीय पक्षले चासो नदेखाउँदा फोहोर व्यवस्थापन गर्न नसकिएको अधिकारीहरु बताउँछन् ।

बार्षिक अर्बौं रुपैयाँ राजश्व संकलन हुने यो नाकाबाट दैनिक सयौं सवारी साधन र हजारौं नागरिक आवतजावत गर्ने गर्दछन् ।

गौतम बुद्धको जन्मस्थलको भ्रमणमा नेपाल आउने कतिपय पर्यटकले यही नाकाको प्रयोग गर्दै आएका छन् ।