Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


कपिलवस्तुमा बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु


0
Shares

भैरहवादेखि तौलिहवा आउँदै गरेको लु१ख ३७३४ नम्बरको यात्रीबहाक बसले विपरीत दिशाबाट आइरहेको युपी५५यु ३५६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत, सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा पठाइएको प्रहरी नायव निरीक्षक सन्त प्रसाइँले जानकारी दिए ।